×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल चेम्बर र श्रीलंका चेम्बरबीच सम्झौता, व्यापार सहजीकरण गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल चेम्बर र श्रीलंका चेम्बरबीच सम्झौता, व्यापार सहजीकरण गरिने

Artha Sarokar

१८ श्रावण २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । श्रीलंकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स (एनसिसी) र श्रीलङ्कन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राइजेज (एसएलसीएसएमआई)बीच साना तथा मझौला उद्यम प्रबर्द्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ ।

श्रीलङ्काका लागि नेपाली राजदूत डा पूर्णबहादुर नेपालीको उपस्थितिमा आइतबार एनसिसीका तर्फबाट अध्यक्ष कमलेसकुमार अग्रवाल र एसएलसीएसएमआईका तर्फबाट अध्यक्ष रोहन डि शिल्भाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई संस्थाबीच साना तथा मझौला उद्यमहरुको प्रवर्द्धन, दुईदेशीय व्यापार एवं लगानीको अवसर तथा नेपाल श्रीलङ्काको निजी क्षेत्रबीच व्यापार सहजीकरण गर्ने विषयमा सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साना तथा मझौला उद्यममा एकअर्काको देशमा भएका अभ्यास, नीतिगत व्यवस्था, क्षमता अभिवृद्धि कार्यक्रम, प्रशिक्षण, कार्यशाला गोष्ठीजस्ता विषयमा सहकार्य गर्ने विषयमा सम्झौतामा हस्ताक्षर भएको हो ।

यस्तै दुवै देशका चेम्बर प्रतिनिधिबीच दुईपक्षीय भेटवार्ता, साना तथा मझौला उद्यममा दुई पक्षीय लगानीजस्ता विषयमा पनि सहकार्य हुने जनाइएको छ ।

साना तथा मझौला उद्यमीद्वारा उत्पादित वस्तुहरुको एकअर्काका देशमा प्रदर्शनी एवं व्यापार अभिवृद्धि गर्नका लागि नेपाल चेम्बर अफ कमर्स एनसिसी र एसएलसी एसएम आइकातर्फबाट समन्वय गरिने विषय सम्झौतामा उल्लेख छ ।

दुईपक्षीय व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण, साना तथा मझौला उद्योगको सम्भावना सम्बन्धमा संयुक्त खोज तथा अनुसन्धान गरिने चेम्बरले जनाएको छ ।

खासगरी नेपाल र श्रीलङ्कामा साना तथा मझौला उद्यमको प्रर्वद्धन गर्नका लागि दुई देशका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी