Skip to content
LAXMI SUNRISE BANK

उद्योग वाणिज्य संघको चुनावः चार दलीय गठबन्धनमाथि रास्वपा हावी, दोब्बर मतले सापकोटा विजयी

अर्थ सरोकार

काठमाडौँ । चन्द्रपुर नगर उद्योग वाणिज्य सघंको निर्वाचनमा उदय नारायण सापकोटा विजयी भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट हुन् ।

संघको निर्वाचनमा एमाले-काँग्रेससहितको चार दलीय गठबन्धनलाई पराजित गर्दै सापकोटा अध्यक्ष निर्वाचित भएका छन् ।

निर्वाचनमा सापकोटा दोब्बर मतान्तरले विजयी भएका छन् । १ हजार ९७ मतदाता रहेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा ८ सय २ मत खसेको थियो । जसमध्ये सापकोटाले कुल ५ सय २ मत प्राप्त गरेका छन् । 

सापकोटाका प्रतिद्वन्दी अर्थात चार दलीय गठबन्धनका साझा उम्मेदवार सुनिल साहले भने जम्मा २ सय ६९ मत पाएका छन् । संघको सदस्य पदका उम्मेदवार भने निर्विरोध निर्वाचित भएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK