×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाइमा एक्स्पो ३० हजार हाराहारीले गरे अवलोकन, ‘१ लाखले अवलोकन गरेको प्रचार भ्रामक’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नाइमा एक्स्पो ३० हजार हाराहारीले गरे अवलोकन, ‘१ लाखले अवलोकन गरेको प्रचार भ्रामक’

Artha Sarokar

२७ श्रावण २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साउन २१ गते (बुधबार) देखि काठमाडौँमा सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ साउन २६ गते (सोमबार) सकिएको छ । अर्थमन्त्रीद्वारा उद्घाटन गरेर निकै तामझामका साथ सुरु भएको एक्स्पोको अन्तिम दिनसम्म पनि खासै उत्साह देखिएन ।

सुरुकै दिन ‘फ्ल्प’ भएको नाइमा मोबिलिटी एक्स्पो अन्तिम दिनसम्म पुग्दा ‘सुपर फ्ल्प’ भएको स्वयम् एक्स्पोमा सहभागी भएका व्यवसायीहरुले बताएका छन् ।

यसो त पहिलो दिनमा नै एक्स्पोमा खासै उत्साह र भीड थिएन । बरु एक्स्पोमा अवलोकनकर्ता भन्दा आयोजक, स्टलका कर्मचारी र मिडियाकर्मी धेरै थिए । आयोजक संस्था नाइमाले सो दिन १५ हजार अवलोकनकर्ताले एक्स्पोको अवलोकन गरेको दाबी गरेको थियो । तर, एक्स्पोमा रियल भिजिटर ५ हजार हाराहारी मात्र भएको व्यवसायीहरुले बताएका छन् । 

एक्स्पो सकिएपछि पनि नाइमाले १ लाख जनाले नाइमा मोबिलिटी एक्स्पो अवलोकन गरेको भन्दै प्रचार गरिरहेको छ । जबकी नाइमा अवलोकन गर्ने रियल भिजिटरको संख्या ३० हजार हाराहारी मात्र भएको एक्स्पोमा सहभागी कर्मचारीले बताएका छन् । 

निकै तामझामका साथ सुरु भएको नाइमा मोबिलिटी शो ‘फ्ल्प’ भएपछि थोरै भए पनि इज्जत जोगाउन नाइमाले भ्रामक प्रचार गरेको व्यवसायीहरुको भनाई छ । यसै पनि नाइमा शोमा सहभागी व्यवसायीहरु नै शोबाट सन्तुष्ट छैनन् । बरु स्टल राख्दाको खर्च समेत उठाउन धौ धौ परेपछि व्यवसायीहरुले नाइमाको एक्स्पोलाई झुर एक्स्पो भनेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी