×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंक र माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पाबीच सम्झौता, ग्राहकहरुलाई १०% छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया बैंक र माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पाबीच सम्झौता, ग्राहकहरुलाई १०% छुट

Artha Sarokar

२८ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया बैंक र माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पाबीच छुट सम्झौता सम्पन्न भएको छ । रिसोर्ट एण्ड स्पामा उपलब्ध सेवामा बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको हो ।

सम्झौतासँगै बैंकका ग्राहकहरुले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले रिसोर्टमा खाना तथा पेय पदार्थ, स्पा र आवास सेवा लिँदा पनि उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पासँगको सहकार्यले बैंकका ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रबर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी