×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोम र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनबीच सम्झौता, ग्राहकहरुले १० प्रतिशत छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

डिशहोम र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनबीच सम्झौता, ग्राहकहरुले १० प्रतिशत छुट पाउने

Artha Sarokar

३० श्रावण २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै चर्चित फास्ट-फूड चेन ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सँग साझेदारी गरेको घोषणा गरेको छ । यस साझेदारीसँगै, सक्रिय डिशहोम ग्राहकहरूले अब देशभरका १५८ वटै आउटलेटहरूमा फूड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउने भएका छन् ।

द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन आफ्नो स्वादिलो बर्गर, क्रन्ची फ्राइड चिकेन र विभिन्न फास्ट-फूड परिकारका लागि प्रसिद्ध छ । नेपालभरका आउटलेटहरूमा फैलिएको यस ब्रान्डसँगको साझेदारीले डिशहोमका ग्राहकहरूलाई जुनसुकै स्थानमा पनि आफ्नो मनपर्ने परिकार छुटसहित खान सक्ने सुविधा दिने कम्पनीले जनाएको छ।

अफर विवरण:

-फूड एण्ड बेभरेजमा १०% छुट

-नेपालभरका सबै द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन आउटलेटहरूमा मान्य

-केवल माइ डिशहोम एप मार्फत सक्रिय ग्राहकहरूका लागि उपलब्ध

यसरी लिने छुट :

१.  माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्ने

२. आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग-इन गर्ने

३. होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्ने

४. जुनसुकै द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन आउटलेटमा यो कार्ड देखाएर छुट सुबिधा लिने

‘यो साझेदारीले नेपालको मनपर्ने फास्ट-फूड गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ,’ डिशहोमका सीईओ तारा मानन्धरले बताए ।

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको हो । कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी