×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईएमई लाइफ इन्स्योरेन्सद्वारा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम आयोजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आईएमई लाइफ इन्स्योरेन्सद्वारा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम आयोजना

Artha Sarokar

१ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । कम्पनीले आठौँ वार्षिकउत्सवको अवसरमा स्वस्थ्य जीवनको लागि जीवन बीमाको महत्व भन्ने मूल सन्देशसहित काठमाडौं सहित देशका सातै प्रदेशमा एकैपटक प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।

जीवन बीमा सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सो प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । कम्पनीले देशका सातै प्रदेशमा रहेका शाखा कार्यालय तथा स्थानीय साझेदार संस्थाहरूसँगको सहकार्यमा उक्त दिवसलाई स्वास्थ्य सचेतना र बीमा अभिवृद्धिको महत्त्वपूर्ण अवसरका रूपमा लिएको थियो ।

कार्यक्रममा विभिन्न उमेर समूहका ग्राहक, अभिकर्ता, सञ्चालक समिति, कर्मचारी तथा सर्वसाधारहरुको सहभागिता रहेको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले स्वास्थ्य र सुरक्षा दुवै जीवनको आधार भएको हुँदा प्रभातफेरीमार्फत नागरिकलाई सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्दै जीवन बीमाको आवश्यकता र फाइदा बुझाउन चाहेको बताए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी