×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकका ग्राहकले जोय स्टोरमा आइफोन किन्दा छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रभु बैंकका ग्राहकले जोय स्टोरमा आइफोन किन्दा छुट पाउने

Artha Sarokar

१ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रभु बैंक लिमिटेड र काठमाडौँ महानगरपालिका वडा नं.  २२ न्युरोडस्थित जोय स्टोरबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुबिधामा विशेष छुट दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले आइफोनमा ५ प्रतिशत र म्याकबुकमा ५ प्रतिशत र आइफोन र म्याकबुक एक्सिसोरिजमा २० प्रतिशत छुट पाउने भएका छन् । त्यस्तै, बैंकका क्रेडिट कार्ड होल्डरहरुले इन्सट्रापे स्किमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन् ।

उक्त सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरु दत्त शर्मा तथा प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी