काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ सुरु भएको छ । भदौ ३ गतेबाट भृकुटीमण्डपस्थिति प्रदर्शनी हलमा नाडा अटो शो सुरु भएको हो ।
अटो शोको उद्दघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । उक्त शो भदौ ३ गते देखि भदौ ८ गतेसम्म संचालन हुनेछ । डिपलको इभिटल फ्लाइङ ट्याक्सी, रोवोटिक्स (डग रोवोट र ह्युमन रोवोट) र विभिन्न भिन्टेज कारहरु प्रदर्शनीको मुख्य आकर्षण हुन् ।
त्यस्तै, प्रदर्शनीमा १९ वटा चारपाङ्ग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी, ४ वटा दुईपाङ्ग्रे सवारीका र अटो पार्ट्स, टायर, ब्याट्री, लुब्रिकेन्ट, ग्यारेज उपकरण तथा ३५ वटा वित्तीय सेवा प्रदायक कम्पनीहरूको सहभागिता रहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्: