×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकका ग्राहकले लेमन ट्रिमा छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कामना सेवा विकास बैंकका ग्राहकले लेमन ट्रिमा छुट पाउने

Artha Sarokar

५ भाद्र २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। कामना सेवा विकास बैंक र काठमाडौं, बुढानिलकण्ठ स्थित लेमन ट्री प्रिमियरबीच सम्झौता सम्पन्न भएको छ । बैंकका ग्राहकहरुलाई लेमन ट्रिमा उपलब्ध सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १५ प्रतिशत तथा स्पा मा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र होटलका प्रमुख सञ्चालन अधिकृत यादव प्रसाद पाण्डेले हस्ताक्षर गरेका हुन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी