काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो ।
गत आर्थिक वर्षमा भित्रिएको रेमिट्यान्स हालसम्मकै उच्च हो ।
गत आर्थिक वर्षमा भित्रिएको रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको तुलनामा १९.२ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा कुल १४ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो ।
यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भइ १२ अर्ब ६४ करोड पुगेको छ । गत आर्थिक वर्षमा खुद द्वितीय आय १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रहेको थियो ।