काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादीलाई जनताले विश्वास नगरे देश नबच्ने टिप्पणी गरेका छन् । बुधवार काठमाडौँमा पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय उर्जा संवाद, २०८२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन् ।
उनले जनताले अब पनि माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने बताएका छन् । उनले माओवादीले सरकारमा रहेर राम्रा बाहेकका काम नगरेको जिकिर गरेका छन् ।
उनले नेपाली काँग्रेस र नेकपा एमाले भ्रष्टाचारमा लिप्त रहेको आरोप समेत लगाएका छन् । वर्तमान सरकार डरबाट बनेको दाबी गर्दै सुशासन दिनका लागि नबनेको प्रचण्डको दाबी छ । ‘काँग्रेस र एमाले भ्रष्टाचारमा लिप्त छन् ।’, प्रचण्डले भने, ‘भ्रष्टाचारीलाई बचाउनै बनाएका हुन् त्यो सरकार ।’
त्यस्तै, प्रचण्डले माओवादीले पनि विगतमा गरेका कमी, कमजोरीहरु सच्याएर अघि बढ्नुपर्ने जरुरी रहेको बताएका छन् ।