×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा १५ मिनेटको ‘फण्डा’: धितोपत्र बोर्डले गर्यो अध्ययन समिति गठन, खारेज होला त ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेयर बजारमा १५ मिनेटको ‘फण्डा’: धितोपत्र बोर्डले गर्यो अध्ययन समिति गठन, खारेज होला त ?

Artha Sarokar

१७ भाद्र २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले १५ मिनेटको भारित औसत गणनाबारे अध्ययन गर्न समिति नै गठन गरेको छ । बोर्डले उपकार्यकारी निर्देशक दिपेश ताम्राकारको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरेको हो । 

उक्त समितिले १५ मिनेटको औसत गणनाका विषयमा विस्तृत अध्ययन गर्नेछ । अध्ययनमा लगानीकर्ताको गुनासो, गणना गर्ने विधि र गणनाको शुद्धता र पारदर्शिताका विषय समावेश हुनेछन् । 

बोर्डले गठन गरेको अध्ययन समितिको अध्ययनपश्चात बोर्डले १५ मिनेटको भारित औसत गणनाबारे थप निर्णय गर्नेछ । सेयर लगानीकर्ताहरुले भने कुनै हालतमा पनि १५ मिनेटको व्यवस्था खारेज हुनुपर्ने माग राखेका छन् । लगानीकर्ताले यो व्यवस्था अवैज्ञानिक भएको र यसले बजारलाई प्राकृतिक रुपमा बढ्न नदिएको समेत दाबी गर्दै आएका छन् । 

यसो त लगानीकर्ताले १५ मिनेटको व्यवस्था खारेज गर्न माग गर्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निवेदन नै दिएका थिए । नेप्सेले भने १५ मिनेटको भारित औसत गणना विधि ठिक भएको र खारेज गर्न नसकिने बताएको थियो । तर, यही विधिका कारण बजार बढ्न नसकेको लगानीकर्ताको दाबी छ । हाल बोर्डले अध्ययन समिति नै बनाएर अध्ययन सुरु गरेको छ । अध्ययनपछि बोर्डले थप निर्णय लिने बताइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी