काठमाडौँ । युनिटी लाइफ ठगी प्रकरणमा पीडितले रकम फिर्ता पाउने भएका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले युनिटी लाइफ इन्टरनेशनलले आफ्नो सम्पत्तिमार्फत पीडितको बिगो रकम फिर्ता गर्ने फैसला गरेको थियो ।
रकम फिर्ता गर्ने उद्देश्यले पीडितहरुलाई प्रमाण पेश गर्न भनिएको छ ।
मंगलबार एक सूचना जारी गर्दै ललितपुर जिल्ला अदालतले युनिटी लाइफ इन्टरनेशनल लिमिटेडमा भएको ठगीका पीडितहरुलाई दाबी प्रमाणसहित एक महिनाभित्र निवेदन दिन भनेको छ ।
अदालतको सूचना अनुसार सर्वोच्च अदालतको फैसलाअनुसार युनिटी लाइफका नाममा रकम जम्मा गर्ने सबैले जिल्ला अदालत ललितपुरको तहसिल शाखा वा देशभरका जुनसुकै जिल्ला अदालतको तहसिल शाखामा रकम फिर्ताका लागि निवेदन दिन सक्नेछन् ।
सोही सूचनामार्फत अदालतले तोकिएको समयभित्र दाबी पेश नगरे पछि कुनै पनि निवेदन दर्ता नगरिने जनाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्