×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोङ्गबुको एक घरबाट करिब ४ करोड बरामद, घरधनी पक्राउ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गोङ्गबुको एक घरबाट करिब ४ करोड बरामद, घरधनी पक्राउ 

Artha Sarokar

१७ भाद्र २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँको गोङ्गबुबाट प्रहरीले करिब ४ करोड रुपैयाँ बरामद गरेको छ । उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले गोङ्गबुको एक घरबाट ३ करोड ७५ लाख नगद बरामद गरेको हो ।

उक्त रकमसहित प्रहरीले सोही घरका घरधनी ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पनि पक्राउ गरेको छ  ।

सो रकमसहित प्रहरीले श्रेष्ठको घरबाट सुनका गहनाहरु पनि बरामद गरेको छ । सो रकम उनको घरमा कहाँबाट आयो ? के प्रयोजनका लागि राखियो ? भन्ने खुलाइएको छैन । सो रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरमै ठूलो मात्रामा पैसा राखेको भन्ने सूचना पाएपछि प्रहरीले श्रेष्ठको घरमा छापा मारेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी