काठमाडौँ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि विभिन्न सेवा प्रदायकहरुले यसबारे आफ्ना ग्राहकलाई सूचना दिन बन्द गरिएका फेसबुक लगायतका सामाजिक संजाल नै प्रयोग गरिरहेको पाइएको छ । नेपाल टेलिकम, वर्ल्ड लिंक, एनसेल लगायतले सामाजिक सञ्जाल नचल्ने सूचना फेसबुकमार्फत नै दिइरहेको पाइएको हो ।
फेसबुक हालसम्म चलिरहेका कारण र पत्रपत्रिकाका विज्ञापन पनि महँगो हुने, र सर्कुलेसन पनि खासै नहुने हुनाले यस्तो गरिएको सेवा प्रदायकहरुको भनाई छ । फेसबुकका प्रयोगकर्ताहरुले भने सेवा प्रदायकहरुले फेसबुक नचल्ने सूचना फेसबुकमार्फत नै पोष्ट गरेको विषयलाई मजाकको विषय बनाईरहेका छन् ।
सरकारले सूचीकरणका लागि आउन सामाजिक संजालहरुलाई आग्रह गरेको थियो । तर फेसबुक, युट्युब लगायतका सामाजिक संजालहरु सूचीकरणका लागि नआएपछि सरकारले अन्तत: त्यस्ता सामाजिक सञ्जाल बन्द गराउने निर्णय गरको छ ।
संचार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार अहिलेसम्म नेपालमा टिकटक, भाइबर, निम्बज, विटक र पोपो मात्रै सूचीकृत भएका छन् । त्यस्तै टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको उनले जानकारी दिए । उनका अनुसार सरकारले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, कोरा, टम्बलर, क्लब हाउस, मास्टोडन, रम्बल, मि वी, भिके, लाइन, इमो, जालो, सोल, र हाम्रो पात्रो रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्