Skip to content
LAXMI SUNRISE BANK

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

अर्थ सरोकार

काठमाडौँ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सरकारले बिहीबार रातिदेखि नै दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाएको छ ।

सामाजिक सञ्जाल प्लेटफर्म बन्द भएपछि सरकारको उक्त निर्णयविरुद्ध हालसम्म सर्वोच्चमा पाँचवटा रिट परेको छ । 

रिट परे पनि हालसम्म कुनै पनि रिट दर्ता भने भइसकेको छैन । एकैपटक एउटै विषयमा धेरै रिट परेपछि रिट दर्ता नगरिएको हो । सबै रिट अध्ययनपछि आइतबार मात्रै थप प्रक्रिया अघि बढ्ने जनाइएको छ । 

सरकारले दर्ता हुन नआएका फेसबुक र युट्युबसहित २५ वटा सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाइसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK