×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेनजीहरूको बैठकमै दुर्गा प्रसाईँको फोनः ‘म आउँदिन भाइ हो, आन्दोलन राम्रोसँग गर्नू’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जेनजीहरूको बैठकमै दुर्गा प्रसाईँको फोनः ‘म आउँदिन भाइ हो, आन्दोलन राम्रोसँग गर्नू’

Artha Sarokar

२२ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आन्दोलनमा आए ‘नट अलाउड’को ब्यानर देखाउने जेनजीको घोषणापछि दुर्गा प्रसाईं अन्ततः जेनजीहरुको आन्दोलनमा नजाने भएका छन् । 

प्रसाईंले भदौ २३ गते जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनमा जाने घोषणा गरेका थिए । प्रसाईंको उक्त घोषणापछि सामाजिक सञ्जालमार्फत जेनजीहरुले आन्दोलनमा ‘नट अलाउड’को ब्यानर देखाउने घोषणा गरेका थिए । 

त्यसपश्चात आइतबार बसेको जेनजीहरुको बैठकमै प्रसाईंले फोन गरेर आफू जेनजीको आन्दोलनमा सहभागि नहुने बताएका छन् । ‘बैठक चलिरहेकै बेला फोन आयो ।’, बैठकमा सहभागी एकजनाले भने, ‘ उहाँले म आउँदिन भाइ हो, आन्दोलन राम्रोसँग गर्नू भन्नुभएको छ ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी