काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने खबरले पुगेका यात्रुलाई सेनाले भित्र प्रवेश गर्न रोक लगाएको छ । विमानस्थल खुल्ने खबर आएको र प्रशासनले “हरेक एक घण्टामा खोल्ने” जानकारी दिँदै आएको भएता पनि यात्रुहरूलाई तत्काल भित्र प्रवेश गर्न सेनाले रोक लगाएको हो ।
यात्रुहरू बारम्बार सोध्दा यही जवाफ पाइरहेकाले आक्रोश र असन्तुष्टि फैलिएको छ । कतिपयले दुई-तीन दिनदेखि विमानस्थल परिसरमै पर्खिरहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्: