- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाले असार मसान्तसम्म स्प्रेड दरमा छुट पाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार एक परिपत्रमार्फत् यस्तो जनाएको हो । यसो त यसअघि ०७८ असार मसान्त रहेको स्प्रेड छुटको व्यवस्थालाई राष्ट्र बैंकले एक वर्ष थप गरेको हो ।
मर्जरमा नजाने बैंक तथा वित्तीय संस्थाको स्प्रेड दर ४.४ प्रतिशत हुनुपर्छ । तर मर्जरमा जाने संस्थालाई भने ०७९ सम्म त्यो भन्दा बढी स्प्रेडदर कायम गर्ने छुट राष्ट्र बैंकले दिएको छ । यस्तै राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछि एकीकृत परिपत्रमा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई मंगलबार छुट्टाछुट्टै परिपत्र जारी गर्दै विभिन्न निर्देशन दिएको छ।