×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले भन्यो – ‘निषेधाज्ञा सकिएको ७ दिनसम्म ग्राहकबाट कुनैपनि पेनाल्टी नअसुल्नू’

PRIME CA

राष्ट्र बैंकले भन्यो – ‘निषेधाज्ञा सकिएको ७ दिनसम्म ग्राहकबाट कुनैपनि पेनाल्टी नअसुल्नू’

अर्थ सरोकार

११ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा सकिएको ७ दिनसम्म ग्राहकबाट कुनैपनि पेनाल्टी नअसुल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछि एकीकृत परिपत्रमा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको ७ दिनसम्म कर्जा असुलीमा ग्राहकबाट कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।    
राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको थियो । सोही व्यवस्थालाई मंगलबार परिपत्र मार्फत कार्यान्वयनमा ल्याइएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: