काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गरेकी छिन् । पदभार ग्रहणपछि सचिवसँगको छलफलका क्रममा उनले निजी क्षेत्रमा भएको क्षतिप्रति दुःख व्यक्त गरेकी हुन् ।
उनले अब अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने बताएकी छिन् ।
निजी क्षेत्रमा भएको क्षतिको आँकलन गरी सफ्टलोनदेखि अन्य सहयोग गर्न सरकार तयार हुने प्रधानमन्त्री कार्कीको भनाई छ । उनले क्षतिका बाबजुद निजी क्षेत्रले अघि बढ्ने प्रण गरेकोमा प्रशंसा समेत गरेकी छिन् । उनले २४ गते आतंक फैलाएको र त्यसको छानविन समेत हुने बताएकी छिन् ।
त्यस्तै, प्रधानमन्त्री कार्कीले निजी क्षेत्रले क्षति हुँदाहुँदै पनि आफ्नो भित्रको आन्तरिक बल देखाएकोमा धन्यवाद दिएकी छिन्। साना व्यापारीहरुलाई समेत राज्यले सहयोग गर्ने उनको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्