काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनमा अराजकता मच्चाउनेलाई पार्टी त्याग्न आग्रह गरेको छ । पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले आन्दोलनका क्रममा अराजक गतिविधिमा संलग्नलाई पार्टी त्याग्न आग्रह गरेका हुन् ।
त्यस्तै, सहमहामन्त्री आचार्यले पार्टीको सदस्यता त्यागेर अनुसन्धानमा सहयोग गर्न पनि आग्रह गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा पार्टी सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्केपछि भएको आगजनी र तोडफोडमा पार्टीका नेताहरु संलग्न रहेको प्रमाणित भए कारवाही गर्नुपर्ने आचार्यले बताएका छन् । उनले उक्त कार्यमा रास्वपाले सरकारलाई सघाउने पनि उल्लेख गरेका छन् ।
त्यस्तै, उनले आन्दोलन भड्काउन तथा हिंसात्मक कार्यमा संलग्नहरुको विभिन्न फोटो र भिडियोहरु आइरहेकोले उक्त कार्यमा संलग्नहरुलाई आफैँ पार्टी त्याग्न आचार्यले आग्रह गरेका छन् ।