काठमाडौँ । नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग आजदेखि सुचारु भएसँगै धादिङको बेनीघाटमा सवारीसाधनको चाप बढेको छ ।
गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने अनुमानसहित शनिबार रातिदेखि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावत बन्द गरिएको थियो । तर, आज बिहान ६ बजेदेखि यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । जसका कारण सवारीसाधनको चाप अत्याधिक बढेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः