×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाढीपहिरोले भत्काएका सडक बनाउन १२ अर्ब लाग्ने अनुमान, पुल पुनर्निर्माणमा मात्र साढे ४ अर्ब लाग्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बाढीपहिरोले भत्काएका सडक बनाउन १२ अर्ब लाग्ने अनुमान, पुल पुनर्निर्माणमा मात्र साढे ४ अर्ब लाग्ने !

Artha Sarokar

२२ आश्विन २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बाढीपहिरोले भत्काएका सडक पुनर्निर्माण गर्न १२ अर्ब रुपैयाँ भन्दा बढी लाग्ने अनुमान गरिएको छ । भारी वर्षापछि आएको बाढी र पहिरोले विभिन्न ठाउँमा भत्काएका सडक पुनर्निर्माण गर्न करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने सरकारले अनुमान गरेको हो ।

बाढीपहिरोबाट यसवर्ष मात्र क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माण गर्न १० अर्ब ६८ करोड लाग्ने अनुमान गरिएको छ । गत वर्ष क्षतिग्रस्त भएका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी नै छ ।

बाढीपहिरोका कारण क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणगढ-मुग्लिङ राजमार्गको पुनर्निर्माण गर्न तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने सरकारले अनुमान गरेको छ । 

त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नु पर्ने बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । वैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी