काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २२.५९ अंकले बढेर २५८२.१८ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १३ कम्पनीको एक करोड १८ लाख ३० हजार ७७ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब २७ करोडमाथिको सेयर कारोबार भएको छ । बिहीबार सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २७ करोड ३४ लाख ६२ हजार बराबरको कारोबार भएको छ ।
त्यस्तै, बिन्ध्याबासिनी हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।