×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन तस्करी प्रकरणः पूर्वसभामुख महरामाथि अख्तियारले थाल्यो अनुसन्धान, चिनियाँसँग ‘कनेक्सन’ रहेको स्वीकारोक्ति !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सुन तस्करी प्रकरणः पूर्वसभामुख महरामाथि अख्तियारले थाल्यो अनुसन्धान, चिनियाँसँग ‘कनेक्सन’ रहेको स्वीकारोक्ति !

Artha Sarokar

२४ आश्विन २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा अख्तियारको अनुसन्धानमा तानिएका छन् । विद्युतीय चुरोट (भेप)मा लुकाएर ३ वर्षअघि सुन तस्करी गराएको प्रकरणमा अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको हो ।

यसो त उक्त प्रकरणमा उनलाई प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उन्मुक्ति दिएको थियो । तर, चिनियाँ संगठित गिरोहसँग मिलेर तस्करी गरेको आरोप लागेका महरामाथि अख्तियारले भने अनुसन्धान अघि बढाएको हो । अनुसन्धानका क्रममा महरालाई टंगालस्थित कार्यालयमा बोलाएर बयानसमेत लिइसकेको छ ।

महरामाथि सुन तस्करी प्रकरणमा २०७९ मै अनुसन्धान सुरु भएको थियो । तर, पहिलो पटक उनीविरुद्ध मुद्दा नै दर्ता भएन । दोस्रो पटक उनी २०८० चैत ५ गते पुनः पक्राउ परेका थिए । तर, त्यसबेला पनि उनलाई चैत ९ गते जिल्ला सरकारी वकिल काठमाडौँले हाजिरी जमानीमा छोडेको थियो । त्यसपछि अनुसन्धान रोकिएको थियो । तर, हाल अख्तियारले पुनः अनुसन्धान थालेको छ ।

अख्तियारसँग दिएको बयानमा महराले सुन तस्करीका ‘नाइके’ भनिने दावाजिन वाङसँग चिनजान रहेको र उनको आग्रह अनुसार नै भन्सारका कर्मचारीलाई भेप छुटाउन फोन गरेको स्वीकारेका छन् ।

२०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट भेपको ७३ वटा बट्टामा ७ सय ३० थान भेपमा करिब ९ किलो सुन लुकाएर ल्याएका थिए । हाल सोही प्रकरणमा महराको संलग्नता देखिएको भन्दै अनुसन्धान अघि बढाएको अख्तियारका एक अधिकारीले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी