काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले जेन-जी आन्दोलनमा गोली चलाउने आदेश नदिएको बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै लेखकले यस्तो बताएका हुन् ।
उनले भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा सरकारले आन्दोलनकारीमाथि गोली हान्ने आदेश नदिएको बताएका छन् ।
आन्दोलनपछि पहिलोपटक मिडियामा सार्वजनिक भएका लेखकले आन्दोलनमा प्रधानमन्त्री र गृहमन्त्रीका हैसियतमा आफूले गोली चलाउने आदेश नदिएको बरु आन्दोलनमा घुसपैठ भएको दाबी गरेका छन् ।