काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन् ।
बैंकको शुक्रबार सम्पन्न १९औं वार्षिक साधारणसभा पछि बसेको सञ्चालक समितिको ४०१औं बैठकले आचार्यलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । आचार्य यस भन्दा अगाडी पनी बैंकको अध्यक्ष पदमा नै थिए ।
बैंकको १९ औं वार्षिक साधारणसभाबाट आगामी चार वर्षको लागि संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए ।