काठमाडौँ । अबदेखि एटिएमबाट दैनिक ५० हजार रुपैयाँ मात्र झिक्न पाइने भएको छ । राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुलाई सर्कुलर जारी गर्दै एटिएमबाट दैनिक ५० हजार रुपैयाँ मात्र झिक्न मिल्ने व्यवस्था गरेको हो ।
यसअघि डेबिट कार्ड प्रयोग गरेर एटिएमबाट एक लाख रुपैयाँसम्म रकम झिक्न मिल्ने व्यवस्था थियो ।
राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार अब डेबिट कार्डबाट प्रति कारोबार २० हजार र मासिक ३ लाख रुपैयाँसम्म मात्र कारोबार गर्न पाइने छ । यसअघि एटिमएमबाट प्रति कारोबार २५ हजार रुपैयाँ र मासिक ४ लाख रुपैयाँसम्म झिक्न मिल्थ्यो ।
राष्ट्र बैंकले प्रिपेड कार्ड र क्रेडिट कार्डबाट कारोबार सीमामा भने केही परिवर्तन गरेको छैन ।