×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१८ तस्विरमा हेर्नुहोस् पर्यटक लोभ्याउने नेपालको जैविक विविधता (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

१८ तस्विरमा हेर्नुहोस् पर्यटक लोभ्याउने नेपालको जैविक विविधता (तस्विरहरू)

Artha Sarokar

२६ आश्विन २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल प्राकृतिक सम्पदा तथा जैविक विविधताले विश्वभर परीचित छ । यहाँ पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीले विश्वभरका पर्यटकहरू आकर्षित गर्ने गरेको छ ।

हाम्रो देश भौगोलिक हिसाबले जती सानो छ, प्राकृतिक हिसाबले उति नै ठूला र सुन्दर छ । हिमनदी, अग्ला हिमाल, पहाड तथा ठुल्ठुला नदीहरुले विभाजित तराई क्षेत्र वन्यजन्तु संरक्षणमा संसारलाई उछिनेको छ ।

९०० भन्दा बढी प्रजातिका चरा, २०० भन्दा बढी जनावर, उति नै धेरै माछा र ५० भन्दा बढी सरीसृप सँगसँगै अनगिन्ती किराफट्याङ्ग्रा र वनस्पती नेपालमा पाइन्छ । देश को कुल भूभागको २३.३९५ जमिनलाई संरक्षित क्षेत्र घोषणा गरेको छ ।

हामी कहाँ संसारमै लोपोन्मुख प्रजातीका पाटे बाघ, एक सिंङ्गे गैंडा, जङगली हाती जस्ता जनावर सजिलै देख्न सकिन्छ । यसैगरी बर्षेनी लाखौंको सङ्ख्यामा विभिन्न प्रजातीका चराहरु अन्य मूलुकहरुबाट नेपाल बसाईँ सरेर आउने गर्छन् । त्यसबाहेक पनि संसारमा कतै नपाईने चरा काँडे भ्याकुर हाम्रो देशको पहाडी भूभागमा सजिलै पाईन्छ । यसकै आधारमा पनि बर्तमान समयमा बैज्ञानिक खोज अनुसन्धानमा बिस्तारै अघी सरेको हाम्रो देशले निकट भविष्यमा निकै ठुलो फड्को मार्न सक्ने संभावनाहरु प्रशस्त देखिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी