- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २६औं वार्षिक साधारणसभा सम्पनन भएको छ । कम्पनीको उक्त साधारणसभा जेठ १० गते प्रधान कार्यालय, हात्तिसार, काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीको उक्त साधारणसभा सोमबार दिउसो २ः०० बजे सुरु भएको थियो ।
सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए । कम्पनीको २६औं वार्षिक साधारणसभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांश पारित गर्नुका साथै अन्य सामान्य तथा विषेश प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ ।