काठमाडौँ । सेयर बजारका लगानीकर्ताले तत्काल रेस्क्यु प्लान नभए कार्तिक सम्म सेयर बजार बन्द गर्न आग्रह गरेका छन् । नेपाल धितोपत्र बोर्ड घेराउ गर्न पुगेका सेयर लगानीकर्ताहरुले बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठसँग यस्तो माग गरेका हुन् ।
लगानीकर्ताहरुले बोर्ड अध्यक्षलाई भेटेर तत्काल रेस्क्यु प्लान बनाउन आग्रह गरेका थिए । लगानीकर्ताको प्रश्नमा बोर्ड अध्यक्ष श्रेष्ठले आफुले लगानीकर्ताको पक्षमा काम गरिरहेको दाबी गरे ।
यद्यपी बोर्ड अध्यक्षको प्रश्नमा लगानीकर्ताहरु कन्भिन्स भईरहेका छैनन् । यो समाचार तयार गर्दा पनि दुवै पक्षबीच चर्काचर्की चलिरहेको छ ।