Skip to content
LAXMI SUNRISE BANK

एक सिजनमै हिमाल आरोहणबाट झण्डै २३ करोड राजस्व संकलन

अर्थ सरोकार

काठमाडौँ । हिमाल आरोहणबाट सरकारले झण्डै २३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । पर्यटन विभागको तथ्यांक अनुसार १ सय ४६ टोलीका १२ सय २ जनाले ५१ वटा हिमाल आरोहण गर्न लिएको अनुमतिबाट २२ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन भएको हो ।

विभागका अनुसार यो सिजनमा सबैभन्दा धेरै राजस्व मनास्लु हिमाल आरोहण अनुमतिबाट संकलन भएको छ । 

८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ३ सय ७४ जनाले अनुमति लिएका छन् । मनास्लु हिमाल आरोहणका लागि लिइएको अनुमतिबाट १५ करोड ७६ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । 

त्यस्तै, ६ हजार ८ सय ९४ मिटर अग्लो आमादब्लम हिमालबाट ३ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो सिजनमा हिमाल आरोहण अनुमति लिनेमा सबैभन्दा चिनियाँ नागरिक धेरै छन् । यो सिजनमा १०३ जना चिनियाँ नागरिकले हिमाल आरोहण अनुमति लिएका छन् भने जर्मनीका १०० र बेलायतका ९२ जना नागरिकले हिमाल आरोहण अनुमति लिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK