Skip to content
LAXMI SUNRISE BANK

नेपाली नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई, ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छापिँदै !

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले ५० रुपैयाँ दरका नोट छाप्ने जिम्मा ‘चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’ लाई दिएको हो ।

राष्ट्र बैंकले अन्तराष्ट्रिय टेण्डर प्रक्रियामार्फत उक्त कम्पनीलाई नोट छपाईको जिम्मा दिइएको सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । 

योसँगै अब नेपाली ५० रुपैयाँ दरका कुल ४२ करोड थान नोटको डिजाइन, छपाईदेखि आपूर्तिको सम्पूर्ण काम ‘चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’ले गर्ने भएको छ । उक्त कम्पनीलाई करिब १ करोड ४ लाख २२ हजार अमेरिकी डलर (झण्डै १ अर्ब ४३ करोड रुपैयाँ) लागतमा नोट छपाईको जिम्मा दिइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले साउन ९ गते अन्तराष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको थियो । नयाँ नोट कहिलेदेखि बजारमा आउँछ भन्ने राष्ट्र बैंकले खुलाएको छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK