×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको भाउ ओरालो लागेपछि किन्ने-बेच्ने दुवै हच्किए, ‘अन्तराष्ट्रिय बजारको घटाई अनुसार नेपालमा घटाइएन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सुनको भाउ ओरालो लागेपछि किन्ने-बेच्ने दुवै हच्किए, ‘अन्तराष्ट्रिय बजारको घटाई अनुसार नेपालमा घटाइएन’

Artha Sarokar

११ कार्तिक २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सुनको भाउ निरन्तर ओरालो लागेपछि सुन किन्ने र बेच्ने दुवै हच्किएका छन् । किन्नेहरु अझै घट्ने पर्खाईमा र बेच्नेहरु घटेका बेला किन बेच्ने भन्ने मनस्थितिमा हुँदा सुन किन्ने र बेच्ने दुवै हच्किएका हुन् ।

सुनको भाउ २ लाखसम्म आउने सुनचाँदी व्यवसायीहरुकै प्रक्षेपण छ । २ लाख रुपैयाँसम्म सुन आइपुग्न अव ३७ हजार मात्र घट्न बाँकी छ । ३७ हजार भाउ घट्न करिव ११ देखि १५ दिनको कारोबार कुर्नुपर्ने व्यवसायीहरु बताउँछन् । यता केहि व्यवसायीहरुले भने सुनको भाउ निरन्तर ओरालो गतिमा लाग्दा कारोबार नै ठप्प भएको भन्दै केहि समय भाउ बढाईदिन सुनचाँदी व्यवसायी महासंघलाई घुमाउरो पारामा दबाब दिईरहेका छन् ।

तर, पछिल्लो समय अन्तराष्ट्रिय बजार पनि हेर्ने ग्राहकको संख्या बढी भएको र सरकार पनि प्रभावमा नपर्ने बरु बुझ्ने खालको भएकोले महासंघले यो आँट नगरेको स्वयम् सुनचाँदी व्यवसायीहरु नै बताउँछन् । यसै पनि अन्तराष्ट्रिय बजार अनुसार नेपालमा भाउ नघटाएको चौतर्फी चर्चा छ ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ निरन्तर घटिरहेको छ, र अझै घट्ने सम्भावना रहेको दाबी अन्तराष्ट्रिय विश्लेषकहरुको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी