काठमाडौँ । खराब स्थितिमा गुज्रिरहेको सप्तकोशी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरेको छ। स्थलगत निरीक्षणका क्रममा बैंकको पूँजी कोष तोकिएको न्यूनतम सीमाभन्दा २४.९ प्रतिशतले कम भएको रिपोर्ट राष्ट्र बैंकमा पुगेपछि यो कदम चालिएको हो। बैंकले तोकिएको १० प्रतिशतको सट्टा ७.५१ प्रतिशत मात्र पूँजी कोष अनुपात कायम गरेकाले यो कारवाही गरिएको हो।
यो कारवाही खुला नभएसम्म अव बैंकले नगद लाभांश बाँड्न, नयाँ शाखा खोल्न, सञ्चालक तथा उच्च व्यवस्थापनको तलब–भत्ता वृद्धि गर्न पाउने छैन ।
राष्ट्र बैंकले बैंकका सीइओ दिनेश कुमार पोखरेललाई पनि सचेत पत्र थमाएको छ । बैंकले कर्जा नोक्सानी व्यवस्था अपूरो राखेको, आवश्यक कागजात बिना नै कर्जा अवधि थप गरेको र राष्ट्र बैंकमा गरेको रिपोर्टिङ विश्वसनीय नभएको पाइएपछि सीइओलाई पनि कारवाही भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्