काठमाडौँ । नियामक नेपाल धितोपत्र बोर्डका कर्मचारीले अध्यक्ष सन्तोष नारायण श्रेष्ठको राजिनामा मागेका छन् । आन्दोलनरत कर्मचारीले कार्तिक १४ गते शुक्रबार एक बिज्ञप्ति जारी गर्दा बोर्ड अध्यक्ष श्रेष्ठको राजिनामा मागेका हुन् ।
‘कर्मचारीका समस्या समाधान गर्न नसक्ने, कर्मचारीको हित र संचालक बोर्डको विगतको आफ्ना निर्णयको रक्षा गर्दै उभिन नसक्ने बोर्ड अध्यक्ष नैतिकताको आधारमा एक मिनेटका लागि सो पदमा बस्न योग्य छैनन् भन्ने हाम्रो ठम्याई रहेको छ । यसर्थ, बोर्ड अध्यक्षले आफ्नो पदबाट राजिनामा दिई मार्ग प्रसस्थ गर्नुपर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, बोर्ड अध्यक्षले राजिनामा नदिँदा सम्म अध्यक्षलाई कर्यकक्षमा प्रवेश गर्न नदिने उनीहरुले बताएका छन् ।

तत्कालीन राजस्व सचिव दिनेश कुमार घिमिरेले बोर्डबाट सञ्चालनमा रहेका कर्मचारी कल्याणकारी कोषको कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष कार्यविधि, २०७५ खारेज गर्न पत्र पठाएपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सो पत्र फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्