×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट

Artha Sarokar

१४ कार्तिक २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ओम अध्याय रिट्रिटमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

समझदारीसँगै बैंकका ग्राहकहरुले थाहा, मकवानपुरमा रहेको उक्त ओम अध्याय रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरुले उक्त रिसोर्टमा सेवा लिँदा रिसोर्ट प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको  छ । सो सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी