- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । राष्ट्रिय आबिस्कार केन्द्रलाई स्टक ब्रोकर एशोसिएसन नेपालले आर्थिक सहयोग गरेको छ । केन्द्रलाई एशोसिएसनले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
एशोसिएसनमाआवद्ध सबै सदस्य कम्पनीहरुले कोभिडका बिरामीहरुको जीवन बचाउन अक्सिजन, भेन्टिलेटर सहितको आवश्यक सामग्रीको आबिस्कार वा बितरण कार्यमा सहयोग पुर्याउन सो रकम राष्ट्रिय आबिस्कार केन्द्रलाई हस्तान्तरण गरिएको हो ।
एशोसिएनसले आबिस्कार केन्द्रलाई उपलब्ध गराएको उक्त रकमबाट थोरै मानिसको भएपनि स्वास्थय उपचार तथा जीवन बचाउन सहयोग पुग्ने अपेक्षा संघले गरेको छ ।