×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्टार्टअप उद्यम कर्जा लिन चाहनेलाई आवेदन दिन २१ दिनको समय, कसरी दिने आवेदन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

स्टार्टअप उद्यम कर्जा लिन चाहनेलाई आवेदन दिन २१ दिनको समय, कसरी दिने आवेदन ?

Artha Sarokar

१९ कार्तिक २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । स्टार्टअप उद्यम कर्जा लिन चाहनेहरुलाई आवेदन दिन २१ दिनको समय दिइएको छ । उद्योगमन्त्री अनिल कुमार सिन्हाको प्रस्तावमा स्टार्टअप उद्यम कर्जा लिन चाहनेहरुलाई आवेदन दिन २१ दिनको समय दिइएको हो ।

बुधबार एक सूचना जारी गर्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप कर्जा लिन चाहनेहरुलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन भनेको छ ।

सूचना अनुसार स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधनसहित) अनुसार नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन चाहनेले २१ दिनभित्र परियोजना प्रस्ताव पेश गर्नुपर्नेछ ।

परियोजना प्रस्ताव अनलाइनमार्फत भर्न सकिनेछ भने परियोजना प्रस्तावको ढाँचा तथा विस्तृत जानकारी औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको वेबसाइटमा हेर्न सकिनेछ ।

स्टार्टअप उद्यम गर्न चाहनेलाई स्टार्टअप उद्यमी कर्जा उपलब्ध गराउने सरकारको योजनाले मुलुकमा रोजगारी सृजना हुनुका साथै स्वयम् व्यक्ति र देश आत्मनिर्भर बन्ने विश्वास गरिएको छ । यसलाई उद्योगमन्त्री सिन्हाले विशेषगरी जेन-जी पुस्ताका लागि सुनौलो अवसरका रुपमा व्याख्यासमेत गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी