×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युके पठाउने भन्दै ६ लाख ७२ हजार ठग्ने महिला पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

युके पठाउने भन्दै ६ लाख ७२ हजार ठग्ने महिला पक्राउ

Artha Sarokar

२० कार्तिक २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । राम्रो देश, राम्रो काम र आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने ३५ वर्षिया कुमारी तामाङ पक्राउ परेकी हुन् ।

तामाङको स्थायी घर नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा नं. १  हो भने हाल उनी काठमाडौँ महानगरपालिका वडा नं. १६ बस्दै आएकी छिन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले दुई जनालाई युके पठाउने भन्दै ६ लाख ७२ हजार २ सय रुपैयाँ ठगी गरेर सम्पर्क विहीन भएकी थिइन् । पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हाल तामाङलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी