काठमाडौँ । सरकारले संघीय संसद र सातै प्रदेशका सांसदहरुको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । केही दिनअघि गरिएको निर्णयअनुसार सरकारले खर्च कटौती गर्न सांसदहरुले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको हो ।
सरकारको यो निर्णयसँगै प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यका ८ सय ७५ जना सांसदको स्वकीय सचिवको सुविधा खारेज भएको छ ।
सरकारले सात प्रदेशका सात जना सभामुख, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको स्वकीय सचिवको सुविधा भने खारेज गरेको छैन । सरकारले स्वकीय सचिवको सुविधा खोसेसँगै सांसदहरुको स्वकीय सचिवको जिम्मेवारीमा रहेकाहरु अब बेरोजगार हुने भएका छन् ।
तर, स्वकीय सचिव खारेज गर्ने सरकारको निर्णयले प्रतिनिधि सभा सदस्य र सातै प्रदेश सभाका पदाधिकारी असन्तुष्ट देखिएका छन् । उनीहरुले उक्त निर्णय फिर्ता गर्न सरकारलाई दबाब दिइरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्