काठमाडौँ । भाद्र २३ र २४ गते देशव्यापी रुपमा नयाँ पुस्ता अर्थात् जेन-जी आन्दोलन भयो । केपी शर्मा ओली नेतृत्वको सरकार दुई दिनमै ढाल्न पुग्यो र यही आन्दोलनको क्रममा करिब ७६ जना भन्दा बढीले आफ्नो ज्यान गुमाउन पर्यो ।
आन्दोलनका क्रममा देशको महत्वपूर्ण संरचना तोडफोडसँगै आगजनी गरियो र देशकै नै राज्यविहीन जस्तै भयो । सो आन्दोलनले काठमाडौँका धेरै स्थानहरूको स्वरूप परिवर्तन गरिदिएको छ । आन्दोलनको प्रभावले शहरका सडक, भवन र सार्वजनिक स्थलहरू मात्र होइन, भित्ताहरू र पर्खालहरूमा समेत नयाँ सन्देश सहित राजनीतिक दलका नेताहरुप्रति आक्रोश पोखिएको देखिन्छ ।
आन्दोलनपछि काठमाडौँका मुख्य सडक पेटीहरू, सरकारी भवनहरूको बाहिरी पर्खालदेखि लिएर विभिन्न सार्वजनिक स्थानका भित्तासम्ममा आन्दोलनका नारा, भित्तेचित्र र सन्देशहरूले स्थान ओगटेका देखिन्छ । कतिपय ठाउँमा राजनीतिक नेताहरूविरुद्ध आक्रोश व्यक्त गर्ने शब्दहरू देखिन्छन्, भने कतै आन्दोलनका सहिदप्रति सम्मान व्यक्त गर्दै नयाँ नेपाल निर्माणको सन्देशसमेत चित्रित गरिएको छ ।
आन्दोलनका ती दिनहरूमा लेखिएका केही अश्लील नाराहरू अझै पनि मेटिएका छैनन्। तर, सडक विभाग र रत्नपार्क आसपासका भित्ताहरूमा अहिले सहिदप्रतिको श्रद्धा र परिवर्तनको आकांक्षा झल्काउने नयाँ चित्रहरू देख्न सकिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्