- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खाता र निक्षेप खाताको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
सार्बजनिक गरेको विवरण अनुसार बैंकले बचत खातामा ५.५० प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकमा २० प्रकारको बचत खाता रहेको छ । यस्तै, बैदेशिक मुद्र बचत खातामा न्युनतम २.८५ प्रतिशत ब्याज दर रहेको छ ।
बैंकले मुद्दती खातामा व्यक्तिगत तर्फ ३ महिनादेखि ६ महिनासम्मको लागि ८.२५ प्रतिशत, ६ महिनादेखि १५ महिनासम्मको लागि ८.२५ प्रतिशत र १५ महिना माथि ८.५० प्रतिशत कायम गरेको छ । यता, संस्थागत तर्फ ३ महिनादेखि १ वर्षसम्मको लागि ६.५० प्रतिशत र १ वर्ष माथि ७ प्रतिशत ब्याजदर कायम गरेको छ।
बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :