काठमाडौँ । जेन-जी आन्दोलनपछि गठन गरिएको गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । सोमबार निर्वाचन आयोगका सचिव महादेव पन्थले दल दर्ताको प्रमाण पत्र अध्यक्ष डा. दिनेश प्रसार्ईंलाई प्रदान गरेका हुन् ।
उक्त पार्टीमा बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिहरु संलग्न छन् ।
नागरिकहरु मिलेर देश बनाउने उद्देश्यका साथ सो दल दर्ता गरिएको सो पार्टीका अध्यक्ष प्रसार्ईंले बताएका छन् । उनले आफ्नो पार्टीले मुलुकमा रोजगारी सृजनाको विषयलाई मुख्य एजेण्डा बनाएको पनि स्पष्ट पारेका छन् ।
त्यस्तै, दल दर्ताको प्रमाणपत्र लिन व्यवसायी बस्नेतसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका थिए । पर्यटन, कृषि, शिक्षा, स्वास्थ्यमार्फत मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधान गर्न आफूहरु लागिपर्ने बस्नेतले बताएका छन् ।













