×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेन-जी आन्दोलनपछि बन्द रहेको हायात होटलद्वारा १ सय ३३ कर्मचारी कटौती, खर्च जोगाएर होटल मर्मत गरिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जेन-जी आन्दोलनपछि बन्द रहेको हायात होटलद्वारा १ सय ३३ कर्मचारी कटौती, खर्च जोगाएर होटल मर्मत गरिने !

Artha Sarokar

२६ कार्तिक २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जेन-जी आन्दोलनको कारण देखाउँदै बन्द भएको पाँचतारे होटल हायात रिजेन्सीले कर्मचारी कटौतीको घोषणा गरेका छ । भदौ २३ र २४ गते भएको तोडफोड, लुटपाट र आगजनीबाट होटल पूर्ण रुपमा क्षतिग्रस्त भएको भन्दै होटलले १ सय ३३ जना कर्मचारी कटौती गर्ने घोषणा गरेको हो । 

उक्त निर्णय मंसिर २२ गते (डिसेम्बर ७) देखि लागू हुने बताइएको छ । 

हाल होटलको मर्मत सम्भारको कार्य भइरहेको छ । होटल पुनर्निर्माणका लागि स्रोत जुटाएर खर्च व्यवस्थापन गर्नुपर्ने भएकाले कर्मचारीलाई काममा लगाउन होटल असमर्थ भएको होटलको मानव संसाधन विभागका महाप्रबन्धक आशिष कुमारले बताएका छन् । 

उनले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण (१३३) श्रमिक कटौती गर्न यो सूचना जारी गरिएको जनाएका छन् । त्यस्तै, उनले मर्मत सम्भार नगरी होटल सञ्चालन गर्न नसकिने र मर्मत अवधिभर कुनै आम्दानी नहुने र ठूलो आर्थिक चुनौतीको सामना गर्नुपर्ने भएकाले कर्मचारी कटौती गर्नुपरेको कुमारले जानकारी दिएका छन् ।

जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनी हुँदा होटलको चौथो तलाबाट एक विदेशी नागरिक हाम फालेका थिए । उनको उपचारका क्रममा निधन भएको थियो । उक्त घटनाले अन्तराष्ट्रिय स्तरमा होटलको प्रतिष्ठामा नकारात्मक असर परेको होटलले जनाएको छ । बौद्धस्थित हायात रिजेन्सी नेपालको प्रमुख पाँचतारे होटल मध्ये एक हो । भदौ २४ को घटनापछि पूर्ण रूपमा बन्द रहेको छ । 

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी