काठमाडौँ । सरकार र दुर्गा प्रसाईं समूहबीचको वार्ता सकिएको छ । बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सरकार र दुर्गा प्रसाईं समूहबीच वार्ता सकिएको हो ।
वार्तामा प्रसाईं समूहले सरकारसँग २७ बुँदे माग गरेको छ । प्रसाईं समूहका माधव प्रसाद खतिवडाले २७ बुँदे मागपत्र गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाएका छन् ।
प्रसाईं समूहले बुझाएको २७ बुँदे मागपत्रमा ऋण मिनाहको विषय पनि उल्लेख गरिएको छ । ‘सर्वहारा वर्ग र भुइँमान्छेले लिएको लघुवित्त र सहकारीको २० लाख भन्दा मुनिको ऋण मिनाहा गरिनुपर्ने ।’, मागपत्रको ७ नम्बर बुँदामा उल्लेख छ ।
त्यस्तै, प्रसाईं समूहले संविधान खारेज, प्रदेश संरचना खारेज, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने, बैंक र व्यवसायी छुट्याउनुपर्ने, लघुवित्त र सहकारीको ऋण तिर्न विदेश गएका युवालाई स्वदेश फर्काएर सीप अनुसार कामको व्यवस्था गर्नुपर्ने, खाडीका जेलमा रहेका ७ हजार युवालाई स्वदेश फर्काउनुपर्ने लगायतका माग राखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्