×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारसँग दुर्गा प्रसाईंका माग- ‘सहकारीमा डुबेको पैसाको जिम्मा राज्यले लिनुपर्ने, लिलाम गरिएका सम्पत्ति फिर्ता गर्नुपर्ने’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सरकारसँग दुर्गा प्रसाईंका माग- ‘सहकारीमा डुबेको पैसाको जिम्मा राज्यले लिनुपर्ने, लिलाम गरिएका सम्पत्ति फिर्ता गर्नुपर्ने’

Artha Sarokar

२६ कार्तिक २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दुर्गा प्रसाईंले सरकारसँग सहकारीमा डुबेको बचतकर्ताको पैसा राज्यले जिम्मा लिनुपर्ने माग गरेका छन् । बुधबार सिंहदरबार भएको सरकार र दुर्गा प्रसाईं समूहबीचको वार्तामा २७ बुँदे मागपत्र बुझाउँदै प्रसाईं समूहले सहकारीमा डुबेको पैसाको जिम्मा सरकारले लिनुपर्ने माग गरेको हो ।

‘सहकारी बचतकर्ताको डुबेको रकम राज्यले जिम्मा लिएर तिर्ने व्यवस्था मिलाउनुपर्छ ।’, मागपत्रको १० नम्बर बुँदामा उल्लेख छ । 

त्यस्तै, प्रसाईं समूहले बैंक तथा वित्तीय संस्थाले लिलाम गरेका सम्पत्तिहरु फिर्ता गर्न पनि माग गरेको छ । ‘बैंक तथा वित्तीय संस्थाहरुले लिलाम गरी, घरजग्गा कब्जा गरी सुकुम्बासी बनाएर सडकमा पुर्याइएका नेपाली नागरिकको घरजग्गा सरकारको जमानीमा जसको हो, उसैलाई फिर्ता गराई पुनः ऋण दिने र तिर्ने व्यवस्था मिलाउनुपर्ने ।’, मागपत्रमा उल्लेख छ । 

प्रसाईं समूहरुले सरकारसँग लघुवित्त र सहकारीमा २० लाख भन्दा मुनिका ऋण भएकाहरुको ऋण मिनाहा गर्नुपर्ने माग पनि गरेको छ । 

त्यस्तै, प्रसाईं समूहले संविधान खारेज, प्रदेश संरचना खारेज, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने, बैंक र व्यवसायी छुट्याउनुपर्ने, लघुवित्त र सहकारीको ऋण तिर्न विदेश गएका युवालाई स्वदेश फर्काएर सीप अनुसार कामको व्यवस्था गर्नुपर्ने, खाडीका जेलमा रहेका ७ हजार युवालाई स्वदेश फर्काउनुपर्ने लगायतका माग राखेका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी