काठमाडौँ । सरकारसँग वार्ताका लागि सिंहदरबार पुगेको दुर्गा प्रसाईं समूहले संविधान खारेज गर्नुपर्ने माग राखेको छ । गृहमन्त्रीसहितको वार्तामा २७ बुँदे मागपत्र बुझाउँदै प्रसाईं समूहले संविधान खारेज गर्न माग गरेको हो ।
‘नेपालको संविधान खारेज गरी व्यवस्था परिवर्तनसँगै बौद्ध, किँरातसहित बैद्धिक सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य र संवैधानिक राजसंस्थाको स्थापना गरिनुपर्ने । सो विषयमा जनमत संग्रहमार्फत जनताको ताजा जनादेश प्राप्त गरी जनमत बमोजिम उल्लेखित विषयहरुको निराकरण गरिनुपर्ने ।’, मागपत्रमा भनिएको छ ।
त्यस्तै, प्रसाईं समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाएको मागपत्रमा प्रदेश संरचना खारेज गर्नुपर्ने पनि माग गरिएको छ । ‘…प्रदेश संरचना खारेज गरी पाँच विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला कायम गरिनुपर्ने ।’, मागपत्रको तेस्रो बुँदामा भनिएको छ ।
त्यस्तै, प्रसाईं समूहले सहकारीमा डुबेको बचतकर्ताको रकमको जिम्मा राज्यले लिनुपर्ने, २० लाख भन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने, २० लाख भन्दा माथिको ऋण २५ वर्षको अवधि राखेर ५ प्रतिशत ब्याजमा तिर्न पाउने व्यवस्था सरकारमार्फत मिलाउनुपर्ने पनि माग गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्