काठमाडौँ । दुर्गा प्रसाईं समूहले बैंक तथा वित्तीय संस्थालाई राष्ट्रियकरण गर्न माग गरेको छ । बुधबार गृहमन्त्रीसँग भएको वार्तामा प्रसाईं समूहले बैंक तथा वित्तीय संस्थालाई एक पटक राष्ट्रियकरण गर्न माग गरेको हो ।
प्रसाईं समूहले बैंक सञ्चालकहरु र व्यापारिक घरानियाको नामले चिनिनेहरुले चलाएको बैंकको ३४ खर्ब रुपैयाँ जोखिममा रहेको पनि दाबी गरेको छ ।
उक्त जोखिममा रहेको ३४ खर्ब उठाउन बैंक तथा वित्तीय संस्थालाई एक पटक राष्ट्रियकरण गर्नुपर्ने प्रसाईं समूहले सरकारसँग माग गरेको छ । साथै उक्त रकम उठाएर बैंक तथा व्यवसायीलाई छुट्याउनुपर्ने पनि प्रसाईं समूहको माग छ ।
त्यस्तै, प्रसाईंले सरकारसँग प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न, संविधान र प्रदेश संरचना खारेज गर्न, सहकारीमा डुबेको बचतकर्ताको रकमको जिम्मा राज्यले लिनुपर्ने, २० लाख भन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने, २० लाख भन्दा माथिको ऋण २५ वर्षको अवधि राखेर ५ प्रतिशत ब्याजमा तिर्न पाउने व्यवस्था सरकारमार्फत मिलाउनुपर्ने माग गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्